Like us!
Follow us!
Connect us!
Watch us!

१५ मेगावाट क्षमताका दुई आयोजनासँग विद्युत् खरिद सम्झौता

सोमबार, १० मंसिर २०७५, १२ : १८ मा प्रकाशित

१५ मेगावाट क्षमताका दुई आयोजनासँग विद्युत् खरिद सम्झौता

अर्थ संसार, काठमाडौं– नेपाल विद्युत प्राधिकरणले १५ मेगावाटका दुई जलविद्युत आयोजना सँग विद्युत खरिद सम्झौता गरेको छ ।

अरुण भ्याली हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको काबेली ‘बी’–१ को ९.९ मेगावाटको क्यासकेड र कालिन्चोक हाइड्रो पावरले निर्माण गर्ने ५ मेगावाटको सागु सोरुन खोलाको पिपिए गरिएको हो ।

अरुण भ्यालीले काबेली खोलामा २५ मेगावाटको काबेली ‘बी’–१ निर्माण गरिरहेको छ । काबेली क्यासकेडका लागि बैंक अफ काठमान्डू र एनएमबी बैंकले ऋण लगानी गर्ने भएका छन् ।

आगामी दुई महिनाभित्र वित्तीय व्यवस्थापन गर्ने तयारी भइरहेको प्रवर्द्धकले जानकारी दिएको छ । वार्षिक ५५ गिगावाट घन्टा ऊर्जा उत्पादन हुने र उत्पादित विद्युत काबेली कोरिडोरअन्तर्गत अमरपुर सबस्टेसनमा जोड्निे गरी प्रसारण सम्झौता  भएको छ ।करिब रु २ अर्ब लागत अनुमान गरिएको काबेलीमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ ।

यसैगरी, दोलखामा निर्माण हुने सागु सोरुन खोलाको निर्माण आगामी वर्ष सुरु गर्ने योजना छ । करिब रु ९० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट उत्पादित विद्युत सिंगटी सबस्टेसनमा जोडिनेछ । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी रहनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको