Like us!
Follow us!
Connect us!
Watch us!

२ अंकको आर्थिक वृद्धि हासिल गर्न सकिन्छ : प्रम

सोमबार, १० मंसिर २०७५, २० : ०३ मा प्रकाशित

२ अंकको आर्थिक वृद्धि हासिल गर्न सकिन्छ :  प्रम

अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताउनुभएको छ ।

उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को प्रथम बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै उहाँले उत्पादनका नयाँ क्षेत्र पहिचान गरी त्यसलाई कार्यान्वयन गरेर दुई अङ्कको आर्थिक वृद्धिसहित समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “परम्परागत ढङ्गले धान, गहुँ, आलु फलाएर मात्र आर्थिक वृद्धि र समृद्धि हासिल हुँदैन, खनिज पदार्थको उत्खनन र कृषिको आधुनिकीकरणमार्फत देशलाई समृद्ध बनाउन सकिन्छ ।”

प्रधानमन्त्री ओलीले देश निर्माणको प्रमुख आधार सुशासनको पालनामा निजी र सरकारी सबै क्षेत्र सजग हुनुपर्ने बताउँदै सरकार यथाशक्य लचिलो भएर ऐनकानून परिमार्जन गर्न तयार रहेको जानकारी दिनुभयो ।

सङ्घीय संसद्को आगामी अधिवेशनमा आफ्ना क्षेत्रमा भएका ऐनकानूनका अप्ठ्यारालाई लिपिबद्ध गरेर संसद् सचिवालयमा बुझाउन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “संसद्को आगामी अधिवेशनमा संशोधन गर्नुपर्ने ऐनकानूनहरु कारणसहित पेश गर्नुहोस्,हामी त्यसलाई अध्ययन गरेर सजिलो बनाउने प्रयास गर्छौं ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको