Like us!
Follow us!
Connect us!
Watch us!

चीनको एक रासायनिक कारखानानजिकै भएको विस्फोटमा २२ को मृत्यु

बुधबार, १२ मंसिर २०७५, १४ : ४८ मा प्रकाशित

चीनको एक रासायनिक कारखानानजिकै भएको विस्फोटमा २२ को मृत्यु

अर्थ संसार, काठमाडौँ–उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ ।

बुधबार बिहान सबेरै भएको यस विस्फोटमा परी २२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समयानुसार बुधबार मध्यराती १२ः४० बजे हेबेइ सिङ्गहुआको एक रासायानिक पदार्थ उत्पादन गर्ने कारखाना ‘मिकल इन्ड्रस्टि कोपरेसन लिमिटेड’ नजिकै उक्त बिस्फोट भएको थियो । यस विस्फोटमा परी ३८ ट्रक र १२ अन्य सवारी साधन ध्वस्त भएको जाङ्गजीकाउ नगरको नगर सरकारका अधिकारीहरुले जानकारी दिएका स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यस विस्फोटमा परी घाइते भएकाहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ । प्रारम्भिक अनुसन्धानअनुसार एक सवारी साधनले बोकेको अति संवेदनशील विस्फोटक पदार्थ कारखानामा प्रवेश गर्ने पर्खाइमा रहेका बेला अकस्मात विस्फोट भएको थियो ।

उक्त कारखाना नजिकै भएको विस्फोटबाट कारखानाको भित्र भने कुनै असर गरेको छैन । तर विस्फोटपछि लागेको आगोका कारण त्यसैको वरिपरि रहेका अरु सवारी साधनहरुमा भने आगलागी भएको थियो ।

विस्फोट भएपछि सल्किएको आगोबाट सडकमा र पार्किङमा रहेका ३८ ओटा ट्रक र १२ ओटा कार विस्फोट भएका छन् । सो जानकारी जाङजिकाउ नगर सरकारले दिएको छ ।  संकटकालीन व्यवस्थापन मन्त्रालयले उद्धार कार्यको लागि एक समूह पठाएको जनाइएको छ । यस विस्फोटमा परेकाहरुको स्थानीय सरकारले पहिचान गरेको र उद्धार कार्यलगयात थप अनुसन्धान जारी रहेको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको