Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटन मन्त्री अधिकारीको खुलासा : ‘वायु सेवा निगममा लफडा छैन, दोषी भेटिए कारवाही हुन्छ’

बुधबार, १२ मंसिर २०७५, १७ : ३४ मा प्रकाशित

पर्यटन मन्त्री अधिकारीको खुलासा :   ‘वायु सेवा निगममा लफडा छैन, दोषी भेटिए कारवाही हुन्छ’

अर्थ संसार, काठमाडौँ - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउँदै गन्तव्य स्थानको विस्तार गर्न सरकार लागि परेको बताउनुभएको छ ।

निगमलाई कम्पनी मोडलमा लैजाने की रणनीतिक साझेदारीका रुपमा लैजाने भन्ने विषय छलफलकै चरणमा रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले संसारका अन्य विमान कम्पनीसँग प्रतिष्पर्धी बनाउँदै लैजाने सरकारी योजना रहेको बताउनुभयो ।

आज  काठमाडौँमा आज आयोजित साक्षात्कारमा मन्त्री अधिकारीले अनियमितताको नाममा निगमलाई कमजोर पार्न नहुनेमा जोड दिनुभयो । वाइडबडीको विषय ‘हट केक’ जस्तै भएको भन्दै मन्त्री अधिकारीले २०७१ सालबाटै खरीद प्रक्रिया थालिएकाले सबै काम पहिले नै भएको प्रष्ट्याउनुभयो । निगम ऋणले डुकेको प्रसङ्गमा उहाँले सरकारले पैसा दिने नभई अब निगमनले कमाएर ऋण तिर्नुपर्ने बताउनुभयो ।

वाइडबडी जहाज सञ्चालन नभएको भन्ने आरोप गलत भएको उहाँको भनाइ थियो । मन्त्री अधिकारीले भन्नुभयो, वाइडबडी सञ्चालननै भएको छैन भन्ने भ्रम छ, तर अहिले पनि सात घण्टा सञ्चालन भइरहेकै छ, तर यतिले पुग्दैन, १४ घण्टा चल्नुपर्छ, अन्य गन्तव्यका लागि प्रयास जारी छ । खरीद प्रक्रियामा संसद्को समिति र अख्तियारले छानबिन गरिरहेको तथा मन्त्रालयले छानबिनमा सहयोग गरिरहेको भन्दै उहाँले अनियमितता भेटिए सरकारले कारवाही गर्र्ने उल्लेख गर्नुभयो ।

मन्त्री अधिकारीले भ्रमण वर्ष २०२० मा २५ लाख पर्यटक ल्याउन सक्ने क्षमता रहेको दाबी गर्दै कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पु¥याउने गरी काम गरिरहेको बताउनुभयो । उहाँले विभिन्न अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको काम तीव्र भइरहेको र ‘रन–वे’को सुधार हुने वित्तिकै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल चौबिसै घण्टा सञ्चालन हुने बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको