Like us!
Follow us!
Connect us!
Watch us!

खाद्य सुरक्षा विशेष प्राथमिकतामा : अर्थमन्त्री डा खतिवडा

शुक्रबार, १४ मंसिर २०७५, ०८ : ०६ मा प्रकाशित

खाद्य सुरक्षा विशेष प्राथमिकतामा : अर्थमन्त्री डा खतिवडा

अर्थ संसार, काठमाडौँ– अर्थमन्त्री डा युवराज खतिवडाले नेपालले सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्न खाद्य सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ ।

इटालीको रोममा आयोजित संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रमको कार्यकारी बोर्डलाई सम्बोधन गर्दै उहाँले खाद्य सुरक्षा सुनिश्चित गर्ने नेपाल सरकारको उच्च प्रतिबद्धता रहेको बताउनुभएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थमन्त्री डा खतिवडाले एक वर्षभित्र सबै बालबालीकाको विद्यालय भर्ना, दुई वर्षभित्र निरक्षरताको अन्त्य, तीन वर्षभित्र आधारभूत खानेपानी र आधुनिक उर्जा र पाँच वर्षभित्र सबैलाई सामाजिक सुरक्षाको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।

विश्व खाद्य कार्यक्रमले नेपालमा पु¥याएको सहयोगको प्रशंसा गर्दै उहाँले आर्थिक र सामाजिक विकासलाई समावेशी बनाउने बताउनुभयो

बैठकले नेपालको खाद्य सुरक्षा, आपतकालिन खाद्य प्रबन्ध र बाल पोषणका क्षेत्रमा विश्व खाद्य कार्यक्रमको नेपालका लागि पाँच वर्षे रणनीतिक योजना पनि पारित गरेको थियो ।

भ्रमणका क्रममा उहाँले विश्व खाद्य कार्यक्रमका उच्च पदस्थ कार्यकारी सञ्चालकहरु, संयुक्त राज्य अमेरिका, चीन तथा अन्य देशका प्रतिनिधिसँग खाद्य सुरक्षाका सम्बन्धमा द्विपक्षीय सहयोगवारे छलफल गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको