Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंक र ज्योतिलाइफ इन्स्योरेन्सबीच बैकासुरेन्स सम्झौता

शुक्रबार, १४ मंसिर २०७५, १३ : ४८ मा प्रकाशित

मेगा बैंक र ज्योतिलाइफ इन्स्योरेन्सबीच बैकासुरेन्स सम्झौता

अर्थ संसार, काठमाडौं– मेगा बैंक नेपाल लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

मेगा बैंकको प्रधानकार्यालयमा मेगा बैंककी सहायक नायबप्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बैकासुरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गुर्न भएको हो ।

यो सम्झौतापछि मेगा बैंकका जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकको विश्वास छ । ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट ज्योतिलाइ फइन्स्योरेन्समा निर्जीवनबीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्तगर्न सक्नेछन् ।

मेगा बैंकका १०२ वटा शाखा, १८ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु, २ हजार ३ सय भन्दा बढी मेगा रेमीट सञ्जाल र ७९ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको