Like us!
Follow us!
Connect us!
Watch us!

‘अबका दश वर्ष आर्थिक विकासको कार्यसूची’

शुक्रबार, १४ मंसिर २०७५, २० : ३४ मा प्रकाशित

‘अबका दश वर्ष आर्थिक विकासको कार्यसूची’

अर्थ संसार, धादिङ– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबका दश वर्ष आर्थिक विकास गर्ने योजना बनाइएकाले सबैलाई यसतर्फ क्रियाशील हुन आग्रह गर्नुभएको छ ।

बेनिघाटरोराङ गाउँपालिका–५ चरौँदीमा कृषि पर्यटन तथा औद्योगिक मेलाको आज उद्घाटन गर्दै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनका लागि आर्थिक विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले एक वर्षभित्र विकासका केही काम गरेको र अब चार वर्षमा आर्थिक विकासमा देशले फड्को मार्ने दाबी गर्नुभयो ।

धादिङ जिल्लाका सबै गाउँपालिकामा पक्की सडक बनाइने, बूढीगण्डकी जलविद्युत्लाई छिट्टै निर्माण शुरु गरेर देशको विकासमा टेवा पु¥याइने, चाइनाको सिगात्सेबाट आउने रेल रसुवा, धादिङ हुँदै लुम्बिनी पु¥याइने, तरकारी सुपरजोनका रुपमा जिल्लालाई विकास गर्ने योजना पूर्वप्रधानमन्त्री दाहालले सुनाउनुभयो ।

सांसद खेमप्रसाद लोहनी, भूमिप्रसाद त्रिपाठी, प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेललगायतले शुभकामना दिनुभएको थियो । नेकपाका अध्यक्ष प्रचण्ड आउने र सम्बोधन गर्ने जानकारी पाएपछि जिल्लाको चेपाङहरुसमेत हजारौँको सङ्ख्यामा सहभागी थिए । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा १५० स्टल छन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको