Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्स र वयोधा हस्पिटलबिच सम्झौता

शनिबार, १५ मंसिर २०७५, १५ : ११ मा प्रकाशित

अजोड इन्स्योरेन्स र वयोधा हस्पिटलबिच सम्झौता

अर्थ संसार, काठमाडौं अजोड इन्स्योरेन्स लिमिटेड र वयोधा हस्पिटल बीचनगद रहितउपचार सेवा सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र वयोधा हस्पिटलको तर्फबाट कार्यकारी निर्देशक रभी चौधरीले हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार अजोड इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा बयोधा हस्पिटलबाट क्यासलेस अर्थात नगद रहित उपचार सेवा उपयोग गर्न पाउने छन । अजोड इन्स्योरेन्स लिमिटेडले स्वास्थ्य बीमामा जोड दिएको छ ।

त्यसै गरी भविश्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थ्य बीमाबारे सचेतना बृद्धि गर्ने उद्धेश्यले उतm सम्झौता गरेको इन्स्योरेन्सले जनाएको छ । यस अधिब्लुक्रस हस्पिटल, मेडिसिटि अस्पताल लगायतसंग उक्त सम्झौता भइसकेको र बांकी अस्पतालमा पनि छिटै सम्झौता गर्ने अजोड इन्स्योरेन्स लिमिटेडद्धराजारी बिज्ञप्ती जनाइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको