Like us!
Follow us!
Connect us!
Watch us!

जोशी हाइड्रोपावरको IPO आइतबारदेखि, सि-आस्बा लिएका सवै बैंकबाट आवेदन दिन सकिने

शनिबार, १५ मंसिर २०७५, १५ : ४९ मा प्रकाशित

जोशी हाइड्रोपावरको IPO आइतबारदेखि, सि-आस्बा लिएका सवै बैंकबाट आवेदन दिन सकिने

अर्थ संसार,काठमाडौ - जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले मंसिर १६ गते देखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयो जनाप्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेकोे सेयरमा बाँडफाँड नभएको बाँकी सेयर सहित प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १६ लाख ९० हजार ४ सय ७० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

निष्कासन गरि ने कुल सेयर मध्ये ५० हजार ७ सय १४ कित्ता अर्थात् ३ प्रतिशत सेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ८४ हजार ५ सय २३ कित्ता अर्थात् ५ प्रतिशत सेयर धितो पत्र सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ ।

लगानीकर्ताले बाँकी १५ लाख ५५ हजार २ सय ३३ कित्ताका लागि आवेदन दिन सक्ने छन् । निष्कासन बन्द छिटो मा मंसिर १९ गते र ढिलो मा पुस १६ गते हुने छ । लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम ८ लाख कित्ताका लागि आवे दन दिन सक्ने छन् ।

कम्पनीको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने छन् । विद्युत् विकास विभागबाट मिति २०७० जे ठ १२ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त भएको थियो ।

5c0264d1f38f6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको