आइतबार, ०५ फागुन २०७५, २० : १५
नेप्सेले लगानीकर्तालाई ४ दिने अनलाइन प्रणाली सम्बन्धी प्रशिक्षण दिने, आजदेखि शुरु
आइतबार, १६ मङि्सर २०७५

अर्थ संसार, काठमाडौं– नेप्सेले तामझामको साथ भित्र्याएको अनलाइन प्रणाली प्रयोगमा लगानीकर्ताले समस्या आएको भन्दै विरोध गर्न थालेपछि नेप्सले आजदेखि अनलाइन प्रणाली सम्बन्धी प्रशिक्षण शुरु गरेको छ ।

नेप्सेको अनुसार आजदेखि अर्थात मंसिर १६ गतेदेखि मंसिर २० गतेसम्म मध्यान्ह १२ बजेदेखि अपरान्ह ३ बजेसम्म  प्रशिक्षण दिनेछ । अनलाइन कारोबार प्रणाली प्रयोग सम्बन्धी थप जिज्ञासाहरुलाई सम्बोधन गर्न नेप्सेले प्रशिक्षणको आयोजना गरेको नेप्सले जनाएको छ । प्रशिक्षण कार्यक्रममा सहभागिताको लागि नाम दार्त मंसिर १३ गते खुल्ला गरिएको थियो ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved