Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीको २२ लाख ८५ हजार कित्ता शेयर लिलाममा, कुनको कति ?

आइतबार, १६ मंसिर २०७५, १३ : ३१ मा प्रकाशित

तीन कम्पनीको २२ लाख ८५ हजार कित्ता शेयर लिलाममा, कुनको कति ?

अर्थ संसार, काठमाडौ.– शेयर बजारमा अहिल तीन कम्पनीको ललामि  (शेयर बोलकबोल) शेयर विक्री भैरहेको छ ।

बजारमा प्रोग्रेशिभ फाइनान्स र नयाँ नेपाल लद्युवित्त वित्तीय संस्थाको शेयर धमाधम विक्री भैरहेको छ भने स्वदेशी लद्युवित्त वित्तीय संस्थाको लिलामी शेयर मंसिर २० गतेदेखि बिक्री खुल्ला हुँदैछ । तीन कमपनीको २२ लाख ८५ हजार ९६२ कित्ता शेयर लिलामीको लागि राखिएको छ ।
कुन कम्पनीको कति ?

प्रोग्रेशिभ फाइनान्स

यस कम्पनीको संस्थापक ४ लाख ४८ हजार ६४९ र सर्वसािधारण शेयर १६ लाख ७१ हजार ९५५ कित्ता लिलामीको लागि मंसिर १० गतेदेखि मंसिर २४ गतेसम्म विक्री खुल्ला गरिएको छ । सनराइज क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकको रहेको छ ।

नयाँ नेपाल लद्युवित्त वित्तीय संस्था

यस संस्थाको ८६ हजार ९३ कित्ता संस्थापक शेयर र १७ हजार २६० कित्ता सर्वसाधारण शेयर मंसिर १३ गतेदेखि मंसिर २० गतेसम्मको लागि लिलाममा राखिएको छ । शेयर विक्रीका एनएमबि क्यापिटलले विक्री प्रबन्धकको काम गरिरहेको छ ।

स्वदेशी लद्युवित्त वित्तीय संस्था

स्वदेशी लद्युवित्त वित्तीय संस्थाले ६२ हजार ५ कित्ता सर्वसाधारण शेयर मंसिर २० गतेदेखि मंसिर २८ गतेसम्म लिलाममा राख्ने भएको छ । यसका लागि एनआइसी एसिया क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

5c0392ed59187.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको