Like us!
Follow us!
Connect us!
Watch us!

‘ए’ डिभिजन लिग स् फ्रेन्डसको पहिलो जीत

आइतबार, १६ मंसिर २०७५, १६ : १७ मा प्रकाशित

‘ए’ डिभिजन लिग स् फ्रेन्डसको पहिलो जीत

अर्थ संसार, काठमाडौँ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ ।

सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा पे्रmन्डस्ले मछिन्द्रलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जीत हात पारेको हो । यसअघि फ्रेन्ड्सले चार खेलमा तीन हार र एक बराबरी खेलेको थियो ।

जीतसँगै फ्रेन्ड्स ४ अङ्कका साथ लिगको नवौं स्थानमा उक्लिएको छ । फ्रेन्ड्सको जीतमा विदेशी खेलाडी फोफाना ब्राहिमान, संजोक महर्जन र अनिल महर्जनले एक एक गोल गरे ।

खेलको ६६औँ मिनेटमा ब्राहिमानले गोल गर्दै फ्रेन्ड्सलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ८४औँ मिनेटमा संजोकले एक गोल गरे भने खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अनिलले एक गोल गर्दै फ्रेन्ड्सलाई थप गोल दिलाए ।

खेलमा फ्रेन्ड्सका कप्तान असिम भुसाल म्यान अफ दि म्याच घोषित भए । परािजत भएको मछिन्द्र दुई अङ्कका साथ लिगको १२औं स्थानमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको