Like us!
Follow us!
Connect us!
Watch us!

जोशी हाइड्रोपावरको IPO मा लगानीकर्ताको बढ्दो आकर्षण, सुरुकै दिन १० करोड ४० लाखको आवेदन

सोमबार, १७ मंसिर २०७५, ०८ : ४१ मा प्रकाशित

जोशी हाइड्रोपावरको IPO मा लगानीकर्ताको बढ्दो आकर्षण, सुरुकै दिन १० करोड ४० लाखको आवेदन

अर्थ संसार, काठमाडौं- जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइतबारदेखि निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा लगानीकर्ताको आकर्षण बढेको छ ।

जसको कारण शेयर निश्कासन गरेको पहिलो दिनमै १० लाख ४० हजार कित्ता आवेदन परको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ अनुसार आइतबार बेलुका ५ बजे अनुसार १२ हजार २ सय जनाले १० लाख ४० हजार कित्ताका लागि आवेदन दिएका छन् ।

यो प्रतिकित्ता १०० रुपैयाँका दरले रकममा १० करोड ४० लाख रुपैयाँ हुन आउँछ । आइतबारको शेयर आवेदनलाई हेर्दा सोमबार माग भन्दा बढी शेयर आवेदन पर्ने पक्कापक्की नै देखिन्छ ।

 कम्पनीले इलामको पूवा खोलामा तीन मेवागाट क्षमताको ‘माथिल्लो पिलुवा १’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले १५ लाख ५५ हजार २३३ कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

कम्पनीले आइतबारदेखि छिटोमा आगामी बुधबारसम्म र ढिलोमा आगामी पुस १९ गतेसम्म शेयरमा आवेदन दिन पाइने जानकारी दिएको छ । कम्पनीको शेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम आठ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।

कम्पनीले यस अघि आयोजना प्रभावित इलामका लागि तीन लाख ७१ हजार ४ सय कित्ता शेयर बिक्री गरेको थियो । कम्पनीको शेयर बिक्री प्रन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडले रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने छन् । विद्युत् विकास विभागबाट मिति २०७० जे ठ १२ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त भएको थियो ।

5c049faf53acd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको