Like us!
Follow us!
Connect us!
Watch us!

जोशी हाइड्रोपावरको IPO मा लगानीकर्ता झुमिए, २ दिनमा २५ करोड ७० लाखको आवेदन

सोमबार, १७ मंसिर २०७५, १९ : ४३ मा प्रकाशित

जोशी हाइड्रोपावरको IPO मा लगानीकर्ता झुमिए, २ दिनमा २५ करोड ७० लाखको आवेदन

अर्थ संसार, काठमाडौं– जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइतबारदेखि निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा ३५ हजार १२६ जनाले २५ लाख ७० हजार ७१० कित्ताका लागि आवेदन दिएका छन । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले अर्थ संसारलाई दिएको जानकारी अनुसार सोमबार साँझसम्म २५ करोड ७० लाख ७१ हजार रुपैयाँको आवेदन परेको छ ।

कम्पनीले ५० हजार ७१४ कित्ता ३ प्रतिशत कर्मचारी र ८४ हजार ५२३ कित्ता ५ प्रतिशत कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । यसबाट बाँकी रहेको १५ लाख ५५ हजार २३३ कित्ता सेयर सर्वसाधारणका लागि आइतबारदेखि बिक्री खुला गरेको छ ।
 
 कम्पनीले इलामको पूवा खोलामा तीन मेवागाट क्षमताको ‘माथिल्लो पिलुवा १’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले १५ लाख ५५ हजार २३३ कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

कम्पनीले आइतबारदेखि छिटोमा आगामी बुधबारसम्म र ढिलोमा आगामी पुस १९ गतेसम्म शेयरमा आवेदन दिन पाइने जानकारी दिएको छ । कम्पनीको शेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम आठ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।

कम्पनीले यस अघि आयोजना प्रभावित इलामका लागि तीन लाख ७१ हजार ४ सय कित्ता शेयर बिक्री गरेको थियो । कम्पनीको शेयर बिक्री प्रन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडले रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने छन् । विद्युत् विकास विभागबाट मिति २०७० जे ठ १२ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको