Like us!
Follow us!
Connect us!
Watch us!

मोबाइल एक्सचेञ्ज मेलासँगै ल्यापटप, क्यामेरा एप्पलका ग्याजेट्स किस्ताबन्दीमा पाइने

मंगलबार, १८ मंसिर २०७५, ०९ : ०७ मा प्रकाशित

मोबाइल एक्सचेञ्ज मेलासँगै ल्यापटप, क्यामेरा एप्पलका ग्याजेट्स किस्ताबन्दीमा पाइने

अर्थ संसार, काठमाडौं- ग्याजेट पारखीहरुललले किस्ताबन्दीमा आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका उत्पादन किस्ताबन्दीमा किन्न पाउने भएका छन् ।

सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले मंसिर २० गतेदेखि सञ्चालन गर्ने मोबाइल तथा ल्यापटप मेलामा यस्तो सुविधा दिने भएको हो ।

मोबाईल एक्सचेञ्जज अफरका साथै एएउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा अफर मेलाको आकर्षण बन्ने मोबाइल हबले जनाएको छ । ९ हजार ९ सय ९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंयासम्मका मोबाइल किन्न सकिने हबमा ११ हजार रुपैंयादेखि ३ लाख १५ हजार रुपैंयासम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिन्छ ।

‘मेलामा जस्तो सुकै पुरानो मोबाईलको पनि उचित मुल्य पाउनुका साथै सट्टा पट्टा पनि गर्न सकिन्छ ।’ सिटीसी मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठले भने । ‘मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप ,क्यामेरा ,र म्याक किस्ताबन्दीमा किन्न सकिन्छ ।’

मेलामा विशेष छुटमा ग्याजेट्स किन्न सकिनेछ । ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि मेलामा पाइने छ । निशुल्क पार्किगंको व्यवस्था गरेको हबले अवलोकनकर्तालाई लक्की ड्रबाट आकर्षक उपहार बितरण गर्नेछ ।

मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउने छन् भने ४ स्कोर गर्नेले आफुले खरिद गरेको अर्को एउटा सामान सित्तैंमा पाउने छन् । मंसिर २० गते सुरु हुने मेला १५ दिनसम्म चल्नेछ ।

सामसङ, ब्ल्याकबेरी,ओप्पो,भिभो, वान प्लस ,नोकिया ,कलर्स, एम आई,सोनी,एप्पल, कुलप्याड,लेनोभो, हुवाई ब्राण्डका मोबाइलका साथै एचपी, लेनोभो, एम आई , डेल र एप्पलका ल्यापटप,म्याकबुक आईप्यड मोबाइल हबको आकर्षण हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको