Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार : नेप्से १०.२७ अंकले बढ्दा ३८ करोडको कारोबार

मंगलबार, १८ मंसिर २०७५, १६ : ०० मा प्रकाशित

शेयर बजार : नेप्से १०.२७ अंकले बढ्दा ३८ करोडको कारोबार

अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० २७ विन्दुले बढेर एक हजार १४२ दशमलव शून्य एक बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६७ विन्दुले बढेर २४२.९३ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६१ कम्पनीको १२ लाख २२ हजार १४४ कित्ता शेयर रु ३८ करोड २६ लाख ५९ हजार ६७ मूल्यमा खरीद बिक्री भएको छ । विकास बैंक उपसमूहले नेतृत्व गरेपछि आज बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

कारोवार भएका कूल दश उपसमूहमध्ये व्यापार र होटल उपसमूहको शेयर घटेको छ । व्यापार ०.५१ र होटल ३.८१ विन्दुले घटेको छ । यस्तै बैंकिङ ७.२२, विकास बैंक ३२.०२, जलविद्युत् ७.४४, वित्त २.५२, निर्जीवन बीमा १५.११, अन्य १८.६९, माइक्रोफाइनान्स ७. ४५ र जीवन बीमा २०.०१एक विन्दुले बढेको छ ।

स्टकका अनुसार लक्ष्मी लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रोपावर कम्पनी, स्वदेशी लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, सनराइज बैंक लिमिटेडका शेयरधनीले कमाएका छन् ।

महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्था, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था र आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको