Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको जनता मुद्दती निक्षेपमा वार्षिक १२% व्याज

मंगलबार, १८ मंसिर २०७५, १८ : १५ मा प्रकाशित

जनता बैंकको जनता मुद्दती निक्षेपमा वार्षिक १२% व्याज

अर्थ संसार, काठमाडौं–समकालिन वित्तीय बजारलाई मध्येनजर गर्दै ग्राहकहरुको हित संरक्षण हुने गरी निक्षेपमा दिइने ब्याजदर समायोजन गरिएको छ ।

यसको लागि मुद्दती निक्षेपमा ग्राहकहरुले अहिलेसम्मकै सर्बाधिक ब्याज पाउने छन् । मासिक ब्याज पाँउने गरी जनता मुद्दती निक्षेपमा वार्षिक १२% ब्याज दर कायम गरिएको छ ।

यस मुद्दती योजनामा ग्रहकहरुले न्यूनतम १ लाखमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने छन् । यो योजना सिमित अबधिको लागि र ब्यक्तिगत निक्षेपमा लागू गरिएको छ ।

साथै यस बैंकको सम्पूर्ण बचत खाताको ब्याजदर बार्षिक ७% कायम गरिएको छ ।उपरोक्त ब्याज दर यहि २०७५ मंसिर १९ गते देखि लागु हुने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको