Like us!
Follow us!
Connect us!
Watch us!

चर्चित क्रिकेटर सन्दिप लामिछाने बने जेभियरको विद्यार्थी

मंगलबार, १८ मंसिर २०७५, १८ : ३३ मा प्रकाशित

चर्चित क्रिकेटर सन्दिप लामिछाने बने जेभियरको विद्यार्थी

अर्थ संसार, काठमाडौं– जेभियर इन्टरनेशनल स्कूल र कलेजका ब्राण्ड एम्बासडर रहदै आएका युवा क्रिकेटर सन्दिप लामिछाने अब जेभियरका नियमित विद्यार्थी पनि भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दिप लामिछाने मंगलवारदेखि जेभियरमा भर्ना भएका हुन् ।

बौद्ध टुसालस्थित जेभियर इन्टरनेसनल कलेजमा आफैं उपस्थित भएर उनले स्नातक तह प्रथम वर्षको भर्ना फारम भरे । उनलाई कलेजको कार्यकारी निर्देशक लोकवहादुर भण्डारी र प्रिन्सिपल गोपाल भण्डारीले स्वागत गरेका थिए ।

 सन्दिप मानविकी संकाय अन्तरगत बीएसडब्लु ९ब्याचलर इन सोसल वर्क० मा भर्ना भएका हुन् । उनलाई चार वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ती प्रदान गरिएको कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए ।

जेभियर इन्टरनेशनल कलेजले गरिब, विपन्न वर्गका विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ती दिने गरेको छ । सन्दिपले खेल क्षेत्रमार्फत देशको इज्जत बढाएकाले उनलाई सम्मानस्वरुप पूर्ण छात्रवृत्ति प्रदान गरिएको हो ।

सन्दिपले क्रिकेटसँगै पढाईलाई पनि अगाडि बढाउने कलेज परिसरमा आयोजित काईक्रममा बनाए । क्रिकेटबाट खाली रहेको बेलामा कलेज पढ्न पनि जाने उनको भनाई छ । देशका प्रतिभाहरुलाई प्रोत्साहन गर्ने कार्यमा जेभियर सधैं अगाडि रहदै आएको छ ।

5c0677f3bb025.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको