Like us!
Follow us!
Connect us!
Watch us!

ट्रायलका लागि विमल बेल्जियम जाने

बुधबार, १९ मंसिर २०७५, ०९ : १४ मा प्रकाशित

ट्रायलका लागि विमल बेल्जियम जाने

अर्थ संसार, काठमाडौँ–यसै वर्षदेखि ए डिभिजन लिगमा डेब्यु गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले लिगका बाँकी खेल नखेल्ने भएका छन् ।

च्यासल युथ क्लबका स्ट्राइकर विमल ट्रायल दिन बेल्जियम जाने भएपछि लिगका बाँकी खेल नखेल्ने भएका हुन् । विमल ट्रायलका लागि बुधबार बेल्जियम जानेछन् ।

बेल्जियम जाने भएपछि विमलले च्यासलसँगको सम्झौता सहमतिमा रद्द गरेका छन् । विमलले लिगका खेल गुमाउने पुष्टि गर्दै च्यासल युथ क्लब, अफिसियल र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । फेसबुकमार्फत उनले ए डिभिजन लिगमा डेब्यू गर्दा खुसी लागेको बताएका छन् । तर च्यासलले राम्रो शुरुवात गर्न नसकेको बताएका उनले च्यासलसँगको यात्रा सकिएको लेखेका छन् ।

भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा भने यसै वर्षदेखि डेब्यु गरेका हुन् । विमलले यसअघि विसं २०७१ को राष्ट्रिय लिगमा सुदूरपश्चिमबाट खेलेका थिए ।

एन्फाको बुटवल एकेडेमीमा विसं २०६७ मा प्रवेश गरेका विमलले त्यहाँ रहेर दुई वर्ष प्रशिक्षण गरे । सन् २०१२ को एएफसी यू–१४ फेस्टिभलमा राम्रो प्रदर्शन गरेपछि उनलाई राजधानीको एकडेमीमा ल्याइयो । राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक कृष्ण थापाले १४ वर्षकै उमेरमा उनलाई राष्ट्रिय टोलीबाट खेलाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको