Like us!
Follow us!
Connect us!
Watch us!

जोशी हाइड्रोपावको IPO मा आवेदन दिने भयो ? आज अन्तिम दिन

बुधबार, १९ मंसिर २०७५, ११ : ५५ मा प्रकाशित

जोशी हाइड्रोपावको  IPO मा आवेदन दिने भयो ? आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं–  जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निश्कासन गरेको साधारण शेयर (आइपिओ) भर्ने बुधबार अर्थात आज अन्तिम दिन हो ।

कम्पनीले मंसिर १६ गतेदेखि १६ लाख ९० हजार ४७० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यो आइपीओमा मंगलबार सम्ममा ४१ करोड ७५ लाख ३८ हजार रुपैयाँको आवेदन परेको छ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले मंगलबार साँझसम्ममा ५६ हजार ६१७ जनाले ४१ लाख ७५ हजार ३८० कित्ताका लागि आवेदन दिएका छन् ।

यसमध्ये ५० हजार ७१४ कित्ता (३%) कर्मचारी र ८४ हजार ५२३ कित्ता (५%) कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । यसबाट बाँकी रहेको १५ लाख ५५ हजार २३३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

यसमा न्यूनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म भर्न सकिन्छ । सी–आस्वाको माध्यमबाट आवेदन दिनुपर्नेछ । यसमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।

कम्पनीले इलामको पूवा खोलामा तीन मेवागाट क्षमताको ‘माथिल्लो पिलुवा १’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

5c076d22aaa11.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको