Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको अप्पर नौगढगाढ जलविद्युत् आयोजनाले चैत १५ देखि विद्युत् उत्पादन थाल्ने

शुक्रबार, २८ मंसिर २०७५, १० : ३४ मा प्रकाशित

अपि पावरको अप्पर नौगढगाढ जलविद्युत् आयोजनाले चैत १५ देखि विद्युत् उत्पादन थाल्ने

अर्थ संसार, काठमाडौँ– नेपालको ऊर्जा क्षेत्रमा एक प्रतिष्ठित कम्पनीको रुपमा रहेको अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको ८ मेगावाट क्षमताको अप्पर नौगडगाढ साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।

कम्पनीले आगामी चैत १५ गतेदेखि विद्युत् उत्पादन सुरु गर्ने तयारी गरेको छ । धेरै जसो जलविद्युत् आयोजनाका प्रवद्र्धकहरु सुगम क्षेत्रमा मात्रै जलविद्युत् आयोजना निर्माण गरिरहेको बेला अपि पावर कम्पनीले दार्चुला जिल्लामा नै गएर जलविद्युत् उत्पादन गर्न लागेको यो दोस्रो परियोजना हो ।

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको चमेलिया जलविद्युत आयोजनाको बलाँच सवस्टेशनमा जोडिनेछ । सो सवस्टेशनको क्षमता १३२ केभी रहेको छ । सवस्टेशनको निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भईसकेको छ ।

अपि पावर कम्पनीले निर्माण गरेको यो ८ मेगावाट क्षमताको सो आयोजनामा नेपाल एसविआई बैंक र प्रभु बैक लिमिटेडको सयुक्त लगानी रहेको छ । कम्पनीको यी  दुई आयोजनाबाट कूल १६.५ मे.वा उत्पादन गर्नेछ । यसअघि कम्पनीले ८ मेगावाट क्षमताको अर्को आयोजना निर्माण सम्पन्न गरी हाल सञ्चालन गरिरहेको छ ।

कम्पनीले यो आयोजना निर्माण पश्चात ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य शुरु गर्ने तयारी गरेको छ ।

यस्तै कम्पनीले १४ मेगावाट क्षमताका सोलार आयोजनाको निर्माण कार्य समेत शुरु गरेको जनाएको छ ।

साथै सोलार आयोजना र माथिल्लो चमेलिया गरि ७०.५ मे.वा क्षमताको कम्पनी हुनेछ । नेपालको ऊर्जा क्षेत्रमा विशिष्ठ योगदान गर्दै आएको कम्पनीको हिसाबले अपि पावर कम्पनी विशष्ठि र महत्वपूर्ण कम्पनीको रुपमा स्थापित हुने विश्वास लिइएको छ ।

5c07a7ace585c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको