अर्थ संसार, काठमाडौं– कालिका लद्युवित्त वित्तीय संस्था लिमिटेले आफ्ना शेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने भएको छ ।
मंसिर १९ गते बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७४\७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र सो वापत लाग्ने लाभांश कर समेत गरी ८.४२ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई संस्थाको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।