Like us!
Follow us!
Connect us!
Watch us!

‘छोरी बचाउ अभियान’

विहीबार, २० मंसिर २०७५, १० : ५४ मा प्रकाशित

‘छोरी बचाउ अभियान’

अर्थ संसार, विराटनगर– म्याक्स इण्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिले ‘छोरी बचाउ अभियान’ सञ्चालन गरेको छ ।

सो अभियानअन्तर्गत बुधबारदेखि यस अस्पतालमा छोरी जन्माउने नर्मल डेलिभरी तथा शल्यक्रियावापत लाग्ने सम्पूर्ण खर्च निःशुल्क गरेको अस्पतालका अध्यक्ष शत्रुघन यादवले बताउनुभयो । उक्त अस्पतालले ज्येष्ठ नागरिक सम्मान सेवा कार्यक्रम पनि सञ्चालन गरेको छ ।

सो बमोजिम ७० वर्ष र सो भन्दा माथिका ज्येष्ठ नागरिकलाई अस्पतालको सेवामा २५ प्रतिशत छुटको व्यवस्था गर्नाका साथै शहीद परिवार सम्मान सेवाअन्तर्गत विभिन्न चरणका आन्दोलनमा घाइते÷अङ्गभङ्ग भएका तथा शहीद परिवारलाई अस्पतालको सबै सेवामा २५ प्रतिशत छुटको घोषणा गरिएको बुधबार यहाँ आयोजित र सम्मेलनमा जनकारी दिइयो ।

आफ्ना सेवाहरु विस्तार गर्दै लैजाने योजनामा रहेको महेन्द्र चोकस्थित सो अस्पताल निर्माणमा रु ११ करोड ५० लाख खर्च भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको