Like us!
Follow us!
Connect us!
Watch us!

जलेश्वर भन्सारमा प्रभुको बैंकिङ सेवा

विहीबार, २० मंसिर २०७५, १७ : ५५ मा प्रकाशित

जलेश्वर भन्सारमा प्रभुको बैंकिङ सेवा

अर्थ संसार, गौशाला– महोत्तरीको मूल भन्सारका रुपमा रहेको जलेश्वर भन्सार कार्यालय परिसरमा प्रभु बैंकले बैंकिङ सेवाको थालनी गरेको छ ।

प्रभु बैंकले भन्सार कारोवारलाई मद्दत गर्ने उद्देश्यले एक्सटेन्सन काउण्टर स्थापना गरेर सञ्चालनमा ल्याएको भन्सार कार्यालयका प्रमुख केशव भण्डारीले बताउनुभयो । जलेश्वर भन्सार कार्यालय निक्कै पुरानो रहे पनि त्यहाँ बैंकिङ सेवा नहुँदा निक्कै अप्ठ्यारो, असहज र जोखिम महसुस भइरहेका अवस्थामा प्रभु बैंकले काउन्टर थपिदिँदा भन्सार कारोवारमा सहज भएको कार्यालय प्रमुख भण्डारीले थप्नुभयो ।

भन्सार कार्यालयबाट झण्डै पाँच किलोमिटर दूरीमा रहेको सदरमुकाम जलेश्वरमा मात्र बैंक रहेकाले बाटोमा पर्ने सुनसान फाँट पार गर्दै दैनिक करोडौँ राजश्व बैंक दाखिला गर्नु भन्सारकर्मीका लागि जोखिमपूर्ण थियो । तर अब सहज भएको छ ।

प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले केही दिनमै यस काउण्टरबाट पनि ऋण लगानी, घर, गाडी र व्यवसायका लागि कर्जा प्रवाह, बचत सेवा, विप्रेषणलगायत सुविधा पनि प्रदान गरिने बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको