Like us!
Follow us!
Connect us!
Watch us!

नागढुङ्गाबाट लागूऔषधसहित एक पक्राउ

विहीबार, २० मंसिर २०७५, १८ : ०७ मा प्रकाशित

नागढुङ्गाबाट लागूऔषधसहित एक पक्राउ

अर्थ संसार, काठमाडौँ– महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध रुपमा ल्याएको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रभागको टोलीले काठमाडौँ महानगरपालिका–२ नागढुङ्गामा गरेको जाँचमा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ६२३१ नम्बरको बसमा आउँदै गरेका काठमाडौँ बौद्धका २० वर्षीय सान्जे शेर्पालाई आज पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका शेर्पासँग ९३ एम्पुल डाइजेल्याव, ९१ एम्पुल फेनार्गन र ९० एम्पुल नुर्फिन बरामद गरेको छ । पक्राउ शेर्पालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको