Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय साक्षरतामा एनएमबि बैंकको साथ

शुक्रबार, २१ मंसिर २०७५, ११ : ०५ मा प्रकाशित

वित्तीय साक्षरतामा एनएमबि बैंकको साथ

अर्थ संसार, काठमाडौं– एनएमबि बैंक र नेपाल घरलु तथा साना उद्योग (एफएनसिएसआई) संगठनबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।

बैंक र संगठनबीच भएको सम्झौता अनुसार बैंकसँगको सहकार्यमा संगठनले आफ्ना ४५ हजार सदस्यबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नेछ ।

वित्तीय साक्षरता कार्यक्रम लघु, साना तथा मझौला उद्यमहरूको पक्षमा केन्द्रित हुने बताइएको छ, जहाँ यस कार्यक्रमअन्तर्गत सहभागी प्रशिक्षार्थीहरूलाई आर्थिक स्रोत सुनिश्चित गर्ने र स्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिनेछ । कार्यक्रमबाट सहभागीहरू प्रभावकारी आर्थिक निर्णयहरू लिन सक्षम हुने बैंकको विश्वास छ ।

सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिर रे एफएनसिएसआईको तर्फबाट महासचिव डम्बरप्रसाद रग्मीले े संयुक्त रूपमा हस्ताक्षर गरे। एफएमओ नेदरल्यान्ड्सको १७ प्रतिशत लगानी रहेको एनएमबि बैंक २०१७ र २०१८ मा ‘बैंक अफ दि इयर’ अवार्डबाट सम्मानित भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको