Like us!
Follow us!
Connect us!
Watch us!

ज्येष्ठ नागरिकलाई पाँच हजार

शुक्रबार, २१ मंसिर २०७५, १२ : १३ मा प्रकाशित

ज्येष्ठ नागरिकलाई पाँच हजार

अर्थ संसार, हिलिहाङ– पाँचथरको फिदिम नगरपालिका वडा नं ९ लुम्फाबुङका ८० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई नगरपालिकाले उपचारका लागि रकम प्रदान गरेको छ ।

नगरप्रमुख ओनाहाङ नेम्वाङले ज्येष्ठ नागरिकलाई रु पाँच हजारका दरले ३७ जनालाई सो रकम विहिबार प्रदान गर्दै यस्तो सहयोग निरन्तर हुने बताउनुभयो । दीर्घरोगीअन्तर्गत मिर्गौला, मुटु र क्यान्सर रोगीलाई १० देखि २० हजार रुपैयासम्म नगरपालिकाले उपलब्ध गराइरहेको छ । रकम पाएपछि ज्येष्ठ नागरिक हर्षित भएको वडासचिव विनय रम्तेलले बताउनुभयो ।

अहिलेसम्म नगरपालिका कार्यालयमै आएका ८० वर्ष पार गरेका ९० ज्येष्ठ नागरिकलाई पनि औषधोपचार खर्च प्रदान गरिसकिएको छ । चिसोबाट बच्न मानव अधिकार एकल महिला समूहले ७८ एकल महिलालाई ब्ल्याङ्केट र प्रमाणपत्र वितरण गरेको समूहका अध्यक्ष सरस्वती रिजालले बताउनुभयो ।

फिदिम–९ का वडाध्यक्ष बालकृष्ण लावतीले ज्येष्ठ नागरिकको हकहित, विकास र समृद्धिको क्षेत्रमा काम गर्दै जाने बताउनुभयो । वडासदस्य गङ्गा राईले वडाका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलितलाई प्राथामिकतामा राखेर काम गर्दै आएको बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको