Like us!
Follow us!
Connect us!
Watch us!

धमाधम शाखा विस्तार गर्दै गणपति माइक्रोफाइनान्स

शुक्रबार, २१ मंसिर २०७५, १४ : १६ मा प्रकाशित

धमाधम शाखा विस्तार गर्दै गणपति माइक्रोफाइनान्स

अर्थ संसार, काठमाडौं– गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले शाखा विस्तारलाई तीव्रता दिएको छ । संस्थाले शुक्रबार  बर्दियाको बाँसगढी नगरपालीका वडा नं. ०५, स्थित बाँसगढी र ठाकुरबाबा नगरपालीका वडा नंं. ०१, स्थित भुरीगाउँमा २ नयाँ शाखा स्थापना गरेको छ ।

बाँसगढी शाखा कार्यालयको उद्घाटन बाँसगढी नगरपालीका का मेयर  सालीक राम अधिकारी र भुरीगाउँ शाखा कार्यलयको उद्घाटन भुरीगाउँका समाज सेवी  चन्द्र मणि पौडे्लले  गर्नु भएको थियो ।

हाल सम्म यस वित्तीय संस्थाले १४ जिल्लामा जम्मा ११,७३४ घर परिवारमा वित्तीय सेवा पुर्याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ६४ करोड २७ लाख रहेको छ । साथै  वित्तीय संस्थाले हाल सम्म रु १६ करोड ६३ लाख बचत संकलन गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको