Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरीसँग गोली हानाहान हुँदा डाका राजन लिम्बु घाइते

शुक्रबार, २१ मंसिर २०७५, १४ : ३३ मा प्रकाशित

प्रहरीसँग गोली हानाहान हुँदा डाका राजन लिम्बु घाइते

अर्थ संसार, काठमाडौं– काठमाडौँको कालोपुलमा गोली हानाहान भएको छ । प्रहरीसँगको गोली हानाहानमा इटहरी उपमहानगरपालिका ५ स्थायी घर भएका राजन लिम्बु घाइते भएका छन् ।

लिम्बुसँग गोली र पेस्तोल भएको सूचनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोज्दा प्रहरीले जवाफी फायर खोलेको थियो ।

लिम्बुको साथबाट चार राउण्ड गोली र एउटा पेस्तोल बरामद भएको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।घटनामा प्रहरीको गोली लिम्बुको खुट्टामा लागेको छ ।

उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ । प्रहरीका अनुसार लिम्बु खुङ्खार डाका हुन् । यसअघि लिम्बुमाथि १८ वटा मुद्दा लागेर १३ बर्ष जेल सजायसमेत भोगिसको छन् ।

उनी यसअघि बैंकमा गएर पेस्तोल देखाउदै लुटपाट गर्ने गरेको नाइके समेत भएको प्रहरीले जनाएको छ ।

5c0a349aa8447.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको