Like us!
Follow us!
Connect us!
Watch us!

ज्येष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य परीक्षण

शनिबार, २२ मंसिर २०७५, ११ : ५९ मा प्रकाशित

ज्येष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य परीक्षण

अर्थ संसार, काठमाडौँ– तारकेश्वर नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वस्थ्य जाँचका लागि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ ।

स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने व्यक्तिलाई घरमै सुविधा दिने उद्देश्यले कार्यक्रम शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदीले जानकारी दिनुभयो । उक्त कार्यक्रम नौ वडामा शुरु भइरहेको र अब अन्य वडामा पनि सञ्चालन गरिने उहाँले बताउनुभयो । घरदैलो कार्यक्रमका लागि स्वास्थ्यचौकी प्रमुखको नेतृत्वमा टोली बनाइएको छ । हरेक वडामा स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण र औषधिको थप व्यवस्थापन गरिएको सुवेदीले बताउनुभयो ।

नगरपालिकाले स्वास्थ्य सुविधालाई नागरिकाको पहँुचसम्म पु¥याउन चार शहरी स्वास्थ्य केन्द्र र प्रत्येक वडामा एउटा–एउटा स्वास्थ्यचौकी सञ्चालन गरिरहेको छ । आगामी दिनमा यस्ताखालका स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिँदै महामारी, दैवीप्रकोपजस्ता कार्यमा तत्काल सेवा प्रदान गर्न नगर आकस्मिक स्वास्थ्य कोषको स्थापना गरी आवश्यकताका आधारमा विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गगरिने सूचना अधिकारी नरहरि गौतमले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको