Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको २२ लाख ५० हजार कित्ता ऋणपत्र आजदेखि बिक्री खुल्ला, १०.५ % व्याज पाइने

आइतबार, २३ मंसिर २०७५, ०८ : ३१ मा प्रकाशित

सिद्धार्थ बैंकको २२ लाख ५० हजार कित्ता ऋणपत्र आजदेखि बिक्री खुल्ला, १०.५ % व्याज पाइने

अर्थ संसार, काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्रको निष्कासन तथा विक्री खुला आजदेखि भएको छ ।

बैंकले २२ लाख ५० हजार कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो । सो मध्ये ४ लाख ५० हजार कित्ता सर्वसाधारणको लागि, २२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको १७ लाख ७७ हजार ५ सय कित्ता निजी संस्थालाई विक्री गर्नेछ ।

बैंकले यो ऋणपत्रलाई ७ वर्षसम्म वार्षिक १०.५ प्रतिशत ब्याज दिनेछ । लगानीकर्ताले यो ऋणपत्रमा छिटोमा मङ्सिर २६ र ढिलोमा पुस २३ गतेसम्म आवेदन दिन सकिनेछ । ७ वर्षको ऋणपत्र आर्थिक वर्ष २०८१/८२ मा परिपक्व हुनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले यस ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने एन पी एलबिबि प्लस गे्रडिङ प्रदान गरेको छ । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । साथै, सिद्धार्थ बैंक र नेपाल धितोपत्रबोर्डबाट स्वीकृत प्राप्त आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको