Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेण्ट बैंकको शेयर किन्नु अघि हेरौं यो कम्पनी विश्लेषण

आइतबार, २३ मंसिर २०७५, ०८ : ३७ मा प्रकाशित

मितेरी डेभलपमेण्ट बैंकको शेयर किन्नु अघि हेरौं यो  कम्पनी विश्लेषण

चालू आव २०७५/७६ को पहिलो त्रैमासमा कम्पनीले रू. २ करोड ५६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १० प्रतिशत वृद्धि भएको हो । गत आवको सोही अवधिमा कम्पनीले रू. २ करोड ३३ लाख नाफा कमाएको थियो । पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।

रू. ५० करोड चुक्तापूँजी भएको कम्पनीले रिजर्भ कोषमा रू. २२ करोड ६६ लाख छुट्ट्याएको छ । साथै, कम्पनीले २०७४/७५ को नाफाबाट १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • पहिलो त्रैमासमा कम्पनीले रू. ३ अर्ब ७० करोड निक्षेप संकलन गरेको छ भने रू. ३ अर्ब २८ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ३२ प्रतिशत र कर्जा प्रवाह ३४ प्रतिशत वृद्धि भएको हो । गत आवको पहिलो त्रैमासमा रू. ४ लाख ७१ हजार लगानी भएकोमा चालू आवको पहिलो त्रैमासमा रू. १ करोड ४ लाख रहेको छ ।

  • गत आवको पहिलो त्रैमासमा रू. ४ करोड ३२ लाख खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ५ करोड ६० लाख गरेको छ । कर्मचारी खर्च तथा सञ्चालन खर्च अत्यधिक बढेकाले नाफामा अपेक्षित वृद्धि हुन नसकेको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ ।

  • कम्पनीको स्थिर सम्पत्ति ४५ प्रतिशत बढेर रू. ३ करोड ४७ लाख पुगेको छ भने अन्य सम्पत्ति रू. ३ करोड ८२ लाख छ । सम्भावित जोखीमबापतको व्यवस्थामा रू. ७२ लाख ४६ हजार छुट्ट्याएको छ । निष्क्रिय कर्जा शून्य दशमलव १३ प्रतिशत छ । पूँजीकोष पर्याप्तता १९ दशमलव ६६ प्रतिशत र पूँजीकोष लागत ९ दशमलव २५ प्रतिशत छ ।

  • पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. २० दशमलव ५१, मूल्य आम्दानी अनुपात १४ दशमलव ४३, तरलता अनुपात ३० दशमलव ८८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ४५ दशमलव ३३ रहेको छ । बिहीवारको शेयरमूल्य रू. २ सय ७२ कायम भएको छ ।

  • अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति

  • अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००

  • खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी रहेको छ । सो अवधिसम्म १ हजार ८ सय ४ कित्ता शेयर खरीद र ३ सय ५८ कित्ता शेयर विक्री गर्ने माग गरेको थियो ।

निष्कर्ष 
कम्पनीको कम्पनीको ४९ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिन बढ्ने संकेत गर्दछ । आरएसआई न्युट्रल जोन ४२ दशमलव ४९ विन्दुमा छ । खरीद विक्री चाप सन्तुलनमा छ । स्ट्याण्डर्ड डेभिएशन १ दशमलव ६२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखीम कम हुने हुँदा प्रतिफल पनि कम रहन्छ । कम्पनीकोे मुभिङ एभरेज हेर्दा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुवै औसत मूल्यरेखा भन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. २ सय ७२ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. २ सय ७४ मा प्रतिरोध र सस्तिएमा रू. २ सय ६९ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको