Like us!
Follow us!
Connect us!
Watch us!
नेप्से १०.८५ अंकले बढ्दा २२ करोडको कारोबार

अनशनले बढाएको शेयर बजार

आइतबार, २३ मंसिर २०७५, १५ : १२ मा प्रकाशित

अनशनले बढाएको शेयर बजार

नेप्से १०.८५ अंकले बढ्दा २२ करोडको कारोबार

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन (आज) आयतबार  पुँजी बजार १०.८५ अंकले बढेको छ । कुन १५५ वटा कम्पनीको ७ लाख १४ हजार ६१८ कित्ता शेयर खरिदविक्री हुँदा २२ करोड ३७ लाख २४ हजार ६८७ रुपैयाँको कारोबार भएको छ ।

शेयर बजारको सुधारको मागमा लगानीकर्ता अनशन बसेकै दिन शेयर बजमारमा एकाएक चमक देखिएको छ ।

शेयर लगानीकर्ता दबाब समूहले आजदेखि पूँजी बजार सुधार तथा विस्तारको माग गर्दै भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयअगाडि अनशन शुरु गरेको छन् ।

समूहका संयोजक हरि ढकालको नेतृत्वमा १२ जना अनिश्चितकालीन रिले अनशनमा बसेका हुन् । गैरआवासीय नेपाली तथा विदेशमा बस्ने नेपालीलाई पूँजी बजारमा ल्याउनुपर्ने, शेयर दलालमार्फत मार्जिन ट्रेडिङ तत्काल खुला गर्नुपर्ने, शेयर धितो कर्जाको सीमा धितो मूल्याङ्कनको ८० प्रतिशत  पुर्याउनुपर्ने, कूल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा प्रवाह गर्नुपर्नेलगायत सो समूहद्वारा माग गरिएका छन् ।

शेयर बजारमा आज  क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.९८ अंकले बढेको छ । कारोबार भएको समुहध्ये ८ वटा समूह उकालो लाग्दा नेप्से इन्डेक्स ११२०.८६ विन्दबाट  ११२७.९३ विन्दुमा आइपुगेको छ ।आज कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु

5c0ce387a3cd4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको