Like us!
Follow us!
Connect us!
Watch us!

सानीमा लाइफ इन्स्योरेन्सको ‘सानीमा जीवन श्री’ नयाँ बीमा योजना शुभारम्भ

आइतबार, २३ मंसिर २०७५, १६ : ०५ मा प्रकाशित

सानीमा लाइफ इन्स्योरेन्सको ‘सानीमा जीवन श्री’ नयाँ बीमा योजना शुभारम्भ

अर्थ संसार, काठमाडौँ– सानीमा लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ बीमा योजना ‘सानीमा जीवन श्री’ शुभारम्भ गरिएको हो ।

बीमा अवधिभरि बोनस सुविधासहित नयाँ योजनाको शुभारम्भ गरिएको सञ्चालक समितिका अध्यक्ष कुमारप्रसाद कोइरालाले जानकारी दिनुभयो । बीमा कम्पनीलाई देशकै उत्कृष्ट बनाउने योजनाका साथ अघि बढेको दाबी गर्दै उहाँले जीवन सुरक्षाका लागि बीमा अनिवार्य भएको बताउनुभयो ।

बीमामा १६ देखि ६० वर्ष उमेर समूहले सहभागिता जनाउन सक्नेछन् । कम्पनीका सद्भावना दूत कलाकार जीतु नेपालले आफ्नो जीवन सुरक्षाका लागि बीमा गर्नुपर्नेमा जोड दिनुभयो । न्यूनतम रु पाँच लाखमा जीवन बीमा गर्न सकिने भन्दै कम्पनीले प्रतिहजार विमाङ्कमा रु ७० बोनस सुनिश्चित रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

कम्पनीको अधिकृत पूँजी रु ३०० करोड र जारी पूँजी रु २०० करोड रहेको विमा कम्पनीमा चुक्ता पूँजी रु १४० करोड रहेको कार्यक्रममा जानकारी दिइयो । कुल बीमा लेख सङ्ख्या सात हजार ३३२ पुगेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न २५ वटा कार्यालयबाट सेवा दिँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको