Like us!
Follow us!
Connect us!
Watch us!

प्रोग्रेशिभ फाइनान्सको ४ लाख ४८ हजार कित्ता शेयर विक्रीमा, आज अन्तिम दिन

सोमबार, २४ मंसिर २०७५, ०८ : ५९ मा प्रकाशित

प्रोग्रेशिभ फाइनान्सको ४ लाख ४८ हजार कित्ता शेयर विक्रीमा, आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं – प्रोग्रेशिभ फाइनान्सको बोलकबोल प्रकृयाबाट लिलामीमा ल्याएको अवितरित हकप्रदमा आवेदन दिने आज (मंसिर २४ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले संस्थापक समूहतर्फको ४ लाख ४८ हजार ६ सय ४९ कित्ता र सर्वसाधारण समूहतर्फको १६ लाख ७१ हजार ९ सय ५५ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा ल्याएको हो ।

कम्पनीले बोलकबोल शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू। १ सय तोकेको हुँदा सो भन्दा बढीको मूल्य अङ्कित गरी बोलकबोल गर्नु पर्नेछ ।

आवेदकहरुले बोलपत्र पेश गर्दा न्यूनतम संस्थापक तर्फ १ हजार कित्ता र सर्वसाधारण तर्फ १ सय कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । कम्पनीको विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको