Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रमा १२% छुट

सोमबार, २४ मंसिर २०७५, १० : ३२ मा प्रकाशित

नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रमा १२% छुट

अर्थ संसार, काठमाडौं–नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रमा विशेष छुट र सुविधा पाउने गरि नबिल बैंक र दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्र बिच सम्झौता भएकोे छ ।

उक्त सम्झौता बमोजिम दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई  बहिर¨ बुक (OPD Book),  डाक्टर बहिर¨ शुल्क (Doctor’s OPD charge) , चिकित्सकिय सामाग्री (Implants, Consumables) बाह्य प्रयोगशाला परीक्षण (Outsourced lab test), खोप (Vaccination), ICU प्रक्रियाहरू र आईभीएफ (IVF) बाहेक सामान्य अस्पताल शुल्कहरुमा १२ % को विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ ।

माथि उल्लिखित छुटहरुका साथै दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रले नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई छिटो चिकित्शा सेवाहरु प्रदान गर्न तत्पर रहनेछ । साथै आपतकालिन अवस्था परेको समयमा अस्पतालले बैंकलाई सूचीबद्घ शुल्कमा एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

“ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्र  संगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने हामीलाई विश्वास छ । ” नबिल बैंक लिमिटेडका प्रमुख  खुद्रा बैंकि¨  निरज शर्माले भन्नुभयो ।

“नेपाली नागरिकहरुलाई अधिक सेवा पुर्याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउ“दा हामीलाई धेरै खुशि लागेकोछ र यो सम्झौताले सेवामा हामि थप एक कदम अगाडी बढेको विश्वास गर्दछौं ।” दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक  सुरज बलाया श्रेष्ठले भन्नुभयो ।

दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्र एक सुविधा सम्पन्न ५५ बेड सहितको स्वास्थ्य संस्था हो । बहु–विशेषता भएको सो अस्पताल बिरामीहरुको निरन्तर सेवामा उन्मुख रहंदै किफायती उपचार प्रदान गर्दै आएको छ ।

नबिल बैंकले ७४ वटा शाखाहरुको सञ्जाल, १२१ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु संगै अघि बढ्ने विश्वास लिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको