Like us!
Follow us!
Connect us!
Watch us!

इन्भेष्टमेन्ट बैंकले शेयरधनीलाई १८ % बोनस शेयर र २२ % नगद लाभांश दिने

सोमबार, २४ मंसिर २०७५, १२ : ४१ मा प्रकाशित

इन्भेष्टमेन्ट बैंकले शेयरधनीलाई १८ % बोनस शेयर र २२ % नगद लाभांश दिने

अर्थ संसार, काठमाडौं–नेपाल इन्भेष्टमेन्ट बैंकले  आफ्ना शेयरधनीलाई  १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले १ अर्ब ९१ करोड ६२ लाख ७ हजार ८ सय २० रुपैयाँ बराबरको बोनस सेयर र दुई अर्ब ३४ करोड २० लाख ३१ हजार सात सय ८० रुपैयाँको नगद लाभांश दिने भएको हो ।

उक्त  लाभांश  राष्ट्र बैंकको स्विकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले लाभांश पाउनेछन् । १० अर्ब चुक्ता पुँजी रहेको बैंकको बोनस सेयर वित्तरण पछि १२ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।

5c0e10175b6a5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको