Like us!
Follow us!
Connect us!
Watch us!

भिबोर क्यापिटलको नबौं बार्षिक साधारणसभा सम्पन्न

सोमबार, २४ मंसिर २०७५, १४ : ४९ मा प्रकाशित

भिबोर क्यापिटलको नबौं बार्षिक साधारणसभा सम्पन्न

अर्थ संसार, काठमाडौं– भिभबोर क्यापिटल लिमिटेडको नबौं बार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७४÷०७५ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

यस क्यापिटलले गत आर्थिक वर्षमा  २३ लाख ९४ हजार ८२० रुपैयाँ १३ पैसा खुद नाफा कमाउन सफल भएको छ । साधारणसभाले नयाँ संचालक समितिको सर्बसहमतीले चयन गरिएको छ । नयाँ संचालक समितिमा  तुलसी प्रसाद उप्रेती,  दिपकबहादुर खड्का,  आदर्शराज पाण्डे र रमेश अग्रबाल चयन हुनुभएको छ ।

साथै यस क्यापिटलको पुँजी बृद्धिगर्नु पर्ने भएकाले, उपयुक्त प्रस्ताब आएमा मर्जर बा एक्विजिसनबाट नया लगानिकर्ता समाबेश गर्न संचालक समितिलाई अक्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको