Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनले लगानीकर्तालाई भन्यो–‘यो आत्तिने बेला होइन, संयम राखी लगानी गर्नुस्’

सोमबार, २४ मंसिर २०७५, १५ : २० मा प्रकाशित

सेबोनले लगानीकर्तालाई भन्यो–‘यो आत्तिने  बेला होइन, संयम राखी लगानी गर्नुस्’

अर्थ संसार, काठमाडौं– नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुले पूँजीबजार सम्बन्धी राखेका मागमा आफू संवेदनशिल रहेको जनाएको छ । बोर्डले लगानीकर्ताको माग अनुसार बजारको समस्या समाधान गर्न प्रयत्न गरिरहेको उल्लेख गरेको छ ।

राजनीतिक स्थायित्व कायम भईसकेको र सरकारले वित्तीय प्रणालीमा विभिन्न सुधारका कार्यक्रमहरु अगाडि बढाई पूँजीबजार मार्फत देशको आर्थिक समृद्धिमा जोड दिएको वोर्डको विज्ञप्तिमा उल्लेख छ।

पछिल्लो समयमा सूचीकृत संगठित संस्थाहरुले साधारण सभागर्ने क्रममा रहेका र यसरी साधारण सभा गर्ने संस्थाहरुले लाभांसको समेत घोषणा गरिरहेको भन्दै बोर्डले सुचीकृत कम्पनीहरु नाफामा रहेको उल्लेख गरेको छ ।

बोर्डले बजेट मार्फत पूँजी बजारमा विगत केही बर्षहरुदेखि अन्यौलको रुपमा रहेको भ्याटको समस्यालाई समाधान गरी स्थायित्व दिएको जनाएको छ। बजारको दीर्घकालिन विकासको लागि सरकारले प्रोत्साहनमूलक नीति तथा कार्यक्रमहरु अगाडि बढाएको पनि बोर्डले जनाएको छ ।  

सरकार र बोर्डले धितोपत्रको प्राथमिक र दोस्रो बजार विकास तथा सुधारका विभिन्न कार्यहरु अगाडि बढाईरहेको उल्लेख गर्दै सरकारले पूँजी बजार र मुद्रा बजारमा वित्तीय स्थायित्व कायम गरी औद्योगिक एवं पूँजी बजारमा लगानीका समस्याहरु पहिल्याएर सात दिनभित्र सुझाव पेश गर्न अध्ययन समिति गठन गरिसकेको छ ।

सरकार र बोर्ड बजारका समस्याहरु प्रति सम्बेदनशील भई समाधानका लागि प्रयत्नशील रहेको हालको अवस्थामा लगानीकर्ताहरु तथा पूँजीबजार सम्बद्ध सवै पक्षहरुको संयमता तथा सहयोगको समेत बोर्डले अपेक्षा गरेको विज्ञप्तिमा उल्लेख छ।

5c0e37f6dd6f7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको