Like us!
Follow us!
Connect us!
Watch us!

घर बनाउने सोचमा हुनुहन्छ ? बलिोयो घर निर्माणको लागि मोडर्न होम बिल्डर्स खुल्यो

सोमबार, २४ मंसिर २०७५, १५ : ५२ मा प्रकाशित

घर बनाउने सोचमा हुनुहन्छ ? बलिोयो घर निर्माणको लागि मोडर्न होम बिल्डर्स खुल्यो

अर्थ संसार, काठमाडौं– निजी निवास बनाउने सोच राख्नु हुनेहरुलाई लक्षित गरि मोडर्न होम बिल्डर्स प्राइभेट लिमिटेड खुलेको छ ।

काठमाण्डौको चावहिलमा कार्यालय रहेको यस कम्पनिले विशेषगरी आवाशीय घरहरु निर्माण गर्नुका साथै पुरानो घरहरु सबलीकरण गर्नुको साथै घरको फिनिशिंग गर्ने तथा उचित परामर्श दिने काम पनि गर्नेछ । 

नेपालमा अहिले घर निर्माण गर्ने इच्छा भएको तर, समय अभावले गर्दा निर्माण कार्य सुरु गर्न नसकेका व्यक्तिहरुलाइ यस कम्पनी सहयोगी साबित हुनेछ । उच्च गुणस्तरको निर्माण सामग्री, दक्ष इन्जिनियर र कामदारहरुले निर्माण कार्य गर्ने हुदाँ यस कम्पनिले निर्माण गरेका घरहरु गुणस्तरीय हुने कुरामा ढुक्क हुन यस कम्पनीका प्रबन्ध निर्देशकले देव राज लामाले आग्रह गर्नु भयो ।

बजारमा अहिले विविन्न निर्माण कम्पनीहरु रहे पनि गुणस्तरीय र विश्वसनीय ढंगमा काम नगर्ने हुदा निर्माण गरेका घरहरु कमसल हुने विभिन्न समस्याहरु  आउनुका साथै समयमा नै निर्माण सम्पन्न गरि हस्तान्तरण नगर्दा समस्या हुने गरेको छ । 

नेपालमा नाम चलेका हाउजिङ्ग कम्पनिहरुले समेत ग्राहक संग पैसा लिएर समयमा नै घर निर्माण सम्पन्न गरि हस्तान्तरण नगर्दा समय समयमा नकारात्मक समाचारहरु पत्रपत्रिकामा आउने गरेका छन । यस्तोमा मोर्डन होम बिल्डर्सले भने आफुले निर्माण गरेको घरहरु उच्च गुणस्तरको मात्र नभएर कम्पानी को मुख्य उदेस्य नै समयमा नै निर्माण सम्पन्न गरि हस्तान्तरण गर्नु रहेको बताउनु भयो ।

नेपालमा अहिले पनि पुरानै ढांचामा घर निर्माण भैरहेकोमा यस कम्पनीले अत्याधुनिक प्रविधिको विस्तार गर्दै कामदारहरु को सुरक्षालायी समेत बिशेष प्राथमिकतामा राखेर काम गर्ने बताएको छ ।

अहिले चलनचल्तीमा रहेको काम गर्ने तरिकालाई समेत परिमार्जन गरि स साना कुराहरुको सुक्ष्म अध्यन गरि संरचना निर्माण गर्ने र सो  क्रम मा कोहि कसैलै बाधा अबरोध नहुने गरि काम गर्ने प्रतिबद्ता समेत कम्पनिले ब्यक्त गरेको छ ।  समय अभाव, कार्य व्यस्तता तथा अविश्वसनीय व्यक्ति आदि समस्याले घर बनाउने सपना थाँती राखेर बस्नुभएकाहरु अब त्यस्तो समस्या नहुने कुरा यस कम्पनिले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको