Like us!
Follow us!
Connect us!
Watch us!

जोशी हाइड्रोपावरको IPO मंगलबार बाँडफाँट, सवैको हातमा शेयर

सोमबार, २४ मंसिर २०७५, १६ : ५२ मा प्रकाशित

जोशी हाइड्रोपावरको IPO मंगलबार बाँडफाँट, सवैको हातमा शेयर

अर्थ संसार,  काठमाडौं । जोशी हाइड्रोपावर कम्पनीले  निश्कासन गरेको साधारण शेयर (आईपीओ) मंगलबार  अर्थात भोली बाँडफाँड हुने भएको छ ।

कम्पनीले गत मंसिर १६ गतेदेखि १९ गतेसम्म  सर्वसाधारणका लागि जारी गरेको १५ लाख ५५ हजार २ सय ३३ कित्ता आईपीओ मंगलबार जारी गर्न लागिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले अर्थ संसारलाई जानकारी दिए । क्यापिटलको कार्यालयमा मंगलबार बिहान आईपीओ बाँडफाँट हुने बताइएको छ ।

आईपीओका लागि आवेदन दिएर रुजु भएका सबैको भागमा शेयर पर्ने छ ।  बिक्रीप्रवन्धक क्यापिटलका अनुसार अधिकांशको भागमा २० कित्ता र बाँकीको भागमा १० कित्ताका दरले शेयर पर्ने सम्भावना रहेको छ ।

कम्पनीको साधारण सेयरका लागि करिब ८४ हजार आवेदन परेको छ ।कम्पनीले यस अघि आयोजना प्रभावित इलामका लागि तीन लाख ७१ हजार ४ सय कित्ता शेयर बिक्री गरेको थियो । कम्पनीको शेयर बिक्री प्रन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडले रहेको छ ।

रिजल्ट कसरी हुर्ने ?

हामी रिजल्टको PDF पाउन साथ राख्नेछौँ । त्यसको ताजा जानकारीको लागि  यहाँ क्लिक गरी लाइक गरेपछि मात्र थाहा पाउन सक्नुहुनेछ ।

शेयर सम्बन्धी ताजा जानकारी लागि पनि यो पेज लाइक गरौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको