Like us!
Follow us!
Connect us!
Watch us!

जोशी हाइड्रोपावरको IPO बाँडफाँड : ८३ हजार ७३६ जनाको हातमा शेयर

मंगलबार, २५ मंसिर २०७५, ११ : ५४ मा प्रकाशित

जोशी हाइड्रोपावरको  IPO बाँडफाँड :  ८३ हजार ७३६ जनाको हातमा शेयर

अर्थ संसार, काठमाडौं– जोशी हाइड्रोपावर कम्पनीले  निश्कासन गरेको साधारण शेयर (आईपीओ) आज बाँडफाँड  भएको छ ।

कम्पनीले गत मंसिर १६ गतेदेखि १९ गतेसम्म  सर्वसाधारणका लागि जारी गरेको १५ लाख ५५ हजार २ सय ३३ कित्ता आईपीओ आज बाँडफाँड  भएको हो ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा मर्चेन्ट बैंकिङको अनुसार जोशी हाइड्रोपावर कम्पनीको अइपीओ रितपूर्वक आवेदन दिने ८३ हजार ७३६ जना आवेदकलाई बाँडफाँट गरिएको छ ।

कुल ७ हजार ६०४ जना आवेदकले १० कित्ताका दरले र ७६ हजार १२२ जना आवेदकले २० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा ३४ जनाको आवेदन रद्द भएको छ । कुल १० हजार ६३० कित्ताका लागि परेको आवेदन रद्द भएका छ ।

कम्पनीले यस अघि आयोजना प्रभावित इलामका लागि तीन लाख ७१ हजार ४ सय कित्ता शेयर बिक्री गरेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको