Like us!
Follow us!
Connect us!
Watch us!

शेयर लगानीकर्ताको धर्नामा राजनितिक प्रवेश, कांग्रेसको ऐक्यवद्धता

मंगलबार, २५ मंसिर २०७५, १४ : ०१ मा प्रकाशित

शेयर लगानीकर्ताको धर्नामा राजनितिक प्रवेश, कांग्रेसको ऐक्यवद्धता

अर्थ संसार, काठमाडौं– – काठमाडौँ– धितोपत्र बजार सुधारको माग राख्दै अनशनमा बसेका लगानीकर्ताले आज पनि नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्ना दिएका छन् ।

धर्नालाई नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडाले ऐक्यबद्धता जनाउनु भएको छ । शेयर बजार सुधारको यात्रामा आफ्नो साथ रहेको भन्दै उहाँले लगानीकर्तालाई विश्वासमा लिएर बजार विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकको आर्थिक अवस्थाको प्रतिविम्बका रूपमा रहेको शेयर बजारलाई व्यवस्थित बनाउन सरकारले विशेष पहल गर्नुपर्ने सुझाव दिनुभयो ।

लगानीकर्ताले आज तेस्रो दिन पनि अनशन जारी राखेका हुन् । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । सो कार्यदलले काम शुरु गरिसकेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले यही मङ्सिर २० गते उक्त कार्यदल गठन गर्नुभएको हो ।

कार्यदलको पहिलो बैठक यही मङ्सिर २३ गते बसेको थियो । बैठक पुनः आज बस्ने कार्यसूची रहेको छ । अर्थ मन्त्रालयले कार्यदललाई सात दिनभित्र सुझाव दिन समयावधि तोकेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको