Like us!
Follow us!
Connect us!
Watch us!

१७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी आरोपमा एक युवा पक्राउ

बुधबार, २६ मंसिर २०७५, ११ : २० मा प्रकाशित

१७ वर्षीया  किशोरीलाई जबर्जस्ती करणी आरोपमा एक युवा पक्राउ

अर्थ संसार, अछाम– महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा अछाममा एक किशोरीमाथि जबर्जस्ती करणी भएको छ । १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले ३३ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

जबरजस्ती करणीको आरोपमा जिल्लाको साँफेबगर नगरपालिका–४ भण्डारीगाउँ निवासी ३३ वर्षीय मिलन भुललाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । किशोेरीले दिएको जाहेरीका आधारमा भुललाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताउनुभयो ।

भुलले यही मङ्सिर २३ गते आइतबार ती किशोरीमाथि जबरजस्ती करणी गरेपछि किशोरीले साँफेबगर इलाका प्रहरी कार्यालयमा जानकारी दिएलगतै प्रहरीले भुललाई घरबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । सो घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी शाहीले बताउनुभएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको