Like us!
Follow us!
Connect us!
Watch us!

किन कम दियो चिलिमे जलविद्युत् कम्पनीले लाभांश ?

बुधबार, २६ मंसिर २०७५, १४ : ०९ मा प्रकाशित

किन कम दियो चिलिमे जलविद्युत् कम्पनीले लाभांश ?

अर्थ संसार,काठमाडौँ - चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट २५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले सो आवको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको पाँच प्रतिशत नगद लाभांश र २० प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो । कम्पनीले अघिल्लो वर्ष १५ प्रतिशत शेयर लाभांश र १० प्रतिशत नगद लाभांश दिएको थियो ।

सञ्चालक समितिको उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गर्ने कम्पनीले जनाएको छ । कम्पनीले उक्त जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ ।

कम्पनीले रसुवामा २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । यस्तै सोही कम्पनीका सहायक कम्पनीले अन्य चार आयोजना निर्माण गरिरहेको छन् । ती आयोजनामा माथिल्लो साञ्जेन, साञ्जेन, रसुवागढी र मध्यभोटेकोशी रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको