Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले गर्यो यूनियनपे ईन्टरनेशनल क्वीक रेस्पोन्स कोड प्रणालीको शुभारम्भ

बुधबार, २६ मंसिर २०७५, १७ : ३७ मा प्रकाशित

नबिल बैंकले गर्यो यूनियनपे ईन्टरनेशनल  क्वीक रेस्पोन्स कोड प्रणालीको शुभारम्भ

अर्थ संसार, काठमाडौं– युनियनपे इन्टरनेशनल र रोजगारी सर्भिसेज प्राइभेट लिमिटेडसँगको समन्वय तथा सहकार्यमा “UnionPay International QR Code Payment Service”   नबिल बैंकले शुभारम्भ गरेको छ ।

निजि क्षेत्रको नेपालकै पहिलो र ठूलो वाणिज्य बैंक, नबिल बैंक, विश्वकै अग्रणी अन्र्तर्रािष्ट्रय भुक्तानी प्रणाली युनियनपे इन्टरनेशनल (UPI), र नेपालकै उत्कृष्ट रिक्रुटमेन्ट सलुसन (Recruitment Solution) कम्पनी रोजगारी सर्भिसेज प्रा.लि.ले Quick Response (QR)  Merchant विकासको लागि गठबन्धन गरेका छन् ।  Quick Response (QR) payment service, भुक्तानी सेवा तथा नेटवर्क विकासमा एक अर्काका विषेशज्ञताहरुलाई एकै ठाउँमा ल्याई अझ विकास गर्नमा यो गठबन्धनले जोड दिनेछ । रोजगारी सर्भिसेज प्रा. लि. ले नबिल बैंकको लागि देश भरि नै Quick Response (QR) merchant नेटवर्क सेवा विकास तथा विस्तार गर्नेछ जस मार्फत ग्राहकहरुले आफ्नो मोवाईल मार्फत QR Code को प्रयोग गरी सजिलैसँग भुक्तानीको प्रकृया गर्न सक्नेछन् । नेपालमा नै प्रथम पटक शुरुवात गरिएको QR Merchant Payment मार्फत QR Code को प्रयोग गरी नबिल बैंक संग आबद्ध नेपाली व्यवसायीहरुले बिद्युतिय सेवा मार्फत सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाहरूको बिक्रि तथा भुक्तानी लिन सक्नेछन् ।

Quick Response (QR) कोड एक प्रकारको म्याट्रिक्स बारकोड (वा दुई–आयामी बारकोड) हो । बारकोड मेशिनद्वारा सजिलै पहिचान गर्न सकिने अप्टिकल लेबल हो, जसमा संलग्न भएको वस्तुको बारेमा जानकारी समावेश गरिएको हुन्छ । QR कोडमा सेतो पृष्ठभूमिमा कालो square grid हरु हुन्छन् जसलाई Reed-Solomon को प्रयोग गरी छविको रूपमा इमेजिङ यन्त्र जस्तै क्यामेराद्वारा पढेर प्रशोधन गरि कारोबार गर्न सकिन्छ ।

QR कोड प्रणाली मार्फत उपभोक्ताहरूले व्यापारीक बिक्री केन्द्रमा रहेको QR कोडलाई आफ्नो फोनबाट नै स्क्यान  गरि आफूले रोजेको सामान र सेवाहरूको भुक्तानी गर्न सक्नेछन् । यस भुक्तानी प्रणालीमा विद्धमान प्रक्रिया जस्तो physical Point of Sales (POS) टर्मिनलहरूको आवश्यकता नपर्नुका साथै कार्डको समेत सिधा सम्पर्कको आवश्यक पर्दैन । QR कोड मार्फत गरिने भुक्तानी र सो सम्बन्धी जानकारी ग्राहक स्वयमको मोबाइलमा नै उपलब्ध हुन्छ ।

“यो सेवाले नेपालमा डिजिटल बैंकिं¨लाई बढावा दिन कोशेढु¨ा साबित हुने विश्वास राखेका छौं । साथै नेपालमा डिजिटल बैंकिं¨ विकास र आफ्ना ग्राहकहरुलाई अभिनव भुक्तानी सेवा प्रदान गर्नकँ लागि हामी भुक्तानीको बिषयमा निरन्तर कार्य गरिरहेका छौं र गरिरहने छौं । यो समन्वय तथा साझेदारीले नेपालको बैंकिं¨ सेवामा Quick Response (QR) payment सेवालाई देशभरीनै अझ माथिल्लो तहमा विस्तार हुनलाई वातावरण निर्माण गर्नेमा विश्वास गर्दछौं ।” यो सम्झौताको बारेमा बोल्दै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल कुमार खनालले बताउनु भयो ।

नेपालमा नबिल बैंक भिसा इन्टरनेशनल, मास्टर र्काड इन्टरनेशनल र युनियन पे इन्टरनेशनलको (Visa International, MasterCard International and UnionPay International ) मुख्य सदस्य हो र यसले डेबिट, प्रिपेड, क्रेडिट कार्डहरु जारी गर्दछ साथै उक्त कार्डहरुबाट यसका एटिएम, POS   तथा पेमेण्ट गेटवे सञ्जालहरु मार्फत कारोबार स्विकार गर्दछ । नबिल बैंकले युनियन पे इन्टरनेशनलको सहकार्यमा यो थप सेवाको शुरुवात गरेको हो ।

नबिल बैंक सदैव नयाँ प्रविधि ग्रहण गर्न तथा नविन बैकिङ सुविधाहरुको उपलब्धताको लागि अग्रपक्तिंमा रहँदै आएको छ । यस ग्एक्ष् त्तच् ऋयमभ सेवाको शुरुवात मार्फत न्युन शुल्कमा नै व्यवसायी र ग्राहकहरुले इ–कमर्स कारोवार सरल, सहज र सुरक्षित रुपमा गरी लाभान्वित हुन सक्नेछन् ।

यूनियनपे इंटरनेशनलको बारेमा

युनियनपे इंटरनेशनल (यूपीआई) अन्तरराष्ट्रीय भुुक्तानी गर्ने संगठन China UnionPay   को एक सहायक संस्था हो । यूपीआईले विश्वभरि २,००० भन्दा बढी संस्थाहरूको साथ साझेदारी गरेको छ ।  यूपीआईद्वारा जारी कार्डहरु १७१ देशहरुमा स्विकार्य हुनुको साथै ५० वटा देशहरुबाट जारी भई रहेका छन् । विश्वको सबैभन्दा ठूलो कार्ड प्रयोगकर्ताहरुको संरचना रहेको युनियनपे इन्टरनेशनलले उच्च गुणस्तर, लागत प्रभावी र सुरक्षित अन्तरदेशीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।  युनियनपे इन्टरनेशनलले विश्वव्यापी UnionPay कार्ड प्रयोगकर्ताहरू र व्यापारीहरूको बढ्दो संख्यालाई सुविधाजनक सेवाहरू प्रदान गर्ने सुनिश्चितता लिएको छ ।

रोजगारी सर्विसेज प्रा.लि.को बारेमा

रोजगारी सर्विसेज मानव सम्साधन सेवा प्रदायक अग्रणी संस्था हो जसले रोजगारदाता र कामदारबिच सेतुको काम गरी देशमा प्रथमत रोजगारी दर अभिब्रिद्धी गर्ने उद्देश्यका साथ सहज र प्रणलिगत रुपाबसरहरु प्रदान गर्दछ । मानव सम्साधन सेवामा बिग्यता सहित रोजगारिको काठमाडौं, इटहरी, पोखरा र बुटवलमा गरी चार रणनितीक स्थानमा उपस्थिती रहेको छ ।

 

5c10f918c2b98.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको