Like us!
Follow us!
Connect us!
Watch us!

बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग

विहीबार, २७ मंसिर २०७५, १० : ३९ मा प्रकाशित

बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग

अर्थ संसार, सुर्खेत–कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ ।

काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा रु १२ करोडको लगानीमा प्रदेशस्तरीय उद्योग निर्माण गर्न थालिएको हो ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रको दुई रोपनी जग्गा ४० वर्षका लागि लिजमा लिएर दुग्ध उद्योग निर्माण अघि बढाइएको उद्योगी धितालले जानकारी दिनुभयो ।

“गत वर्षको मङ्सिरदेखि उद्योग निर्माण शुरु गरिएकामा अब तीन महीनाभित्रै निर्माण पूरा गरी सञ्चालनमा ल्याउँछौँ”, उहाँले थप्नुभयो, “हाल बजारको माग झण्डै सात हजार लिटर छ तर दुई हजार लिटर अझै अपुग छ । पच्चिस वर्षदेखि दुग्ध व्यवसाय गर्दै आउनुभएका उद्योगीद्वयले हाल काठमाडाँैमा दैनिक १५ हजार लिटर दूध आपूर्ति गर्ने गरेको बताउनुभयो ।

अहिले यहाँका पशुपालक किसानबाट दूध सङ्कलन गरेर सम्भव नहुने भएकाले बुटबलबाट ल्याएर भए पनि प्रतिदिन दुई हजार लिटर बजारमा पु¥याइने जानकारी दिँदै उहाँले आगामी दिनमा उद्योगले कर्णाली प्रदेशमा दैनिक १५ हजार लिटर दूध बजारमा पु¥याउने लक्ष्य राखेको छ भन्नुभयो ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले बुधबार निर्माणाधीन उद्योग अवलोकन गरी प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बचन दिनुभयो ।कानूनमन्त्री भण्डारी प्रदेशस्तरीय छापाखानाको सम्भावित क्षेत्र, त्यसको दिगोपन तथा सुरक्षा अवस्था र कृषिमन्त्री केसी निर्माणाधीन दुग्ध उद्योगलगायत कृषिसँग सम्बन्धित उद्योग अवलोकन गर्न औद्योगिक क्षेत्रमा पुग्नुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको