Like us!
Follow us!
Connect us!
Watch us!

खाशोज्जी हत्या प्रकरणबारे ‘विश्वसनीय’ छानविन का लागि राष्ट्रसंघको आग्रह

आइतबार, ०१ पुस २०७५, १८ : ३२ मा प्रकाशित

खाशोज्जी हत्या प्रकरणबारे ‘विश्वसनीय’ छानविन का लागि राष्ट्रसंघको आग्रह

दोहा- कतार संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेसले टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या गरिएका पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणमा विश्वसनीय छानविन गरी वास्तविकतालाई बाहिर ल्याउन आग्रह गर्नुभएको छ ।

टर्कीकी एउटी महिलासँग बिहेको छिनोफानो गरेका खशोग्गीको आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गर्नुपर्ने कानुनी प्रक्रियाका लागि साउदी दूतावासमा गएका बेला दूतावासभित्रै गत अक्टोबर २ मा हत्या भएको थियो ।

दोहामा आयोजित एक पत्रकार सम्मेलनमा महासचिव गुटेर्रेसले भन्नुभयो, “पत्रकार खशोग्जीको हत्याबारे विश्वसनीय अनुसन्धान गरी दोषीलाई सजाय दिनु नितान्त आवश्यक कुरा हो ।” गुटेर्रेसले सञ्चारमाध्यममा आएका रिपोर्टबाहेक आफुलाई घटनाबारे थप सूचना नरहेको बताउनुभयो ।

साउदी अरबका राजकूमार मोहम्मद विन सलमानका कट्टर आलोचकसमेत रहेका वासिङ्टन पोष्टका लागि काम गर्दै आएका पत्रकार खशोज्जीको हत्यामा सम्लग्न आरोपित व्यक्तिहरूलाई टर्कीलाई सुपुर्दगी गर्न गरिएको टर्कीको आग्रहलाई साउदी अरबले अस्वीकार गर्दै आएको छ ।

हत्याबारे वास्तविकता बाहिर ल्याउँदा कसैले घुडा टेकेको नबुझिने उक्त अवसरमा टर्कीका विदेशमन्त्रीले शनिबार बताउनुभयो । कतार भ्रमणमा रहेका विदेशमन्त्री मेभलुट कोभुसोग्लुले भन्नुभयो, “हामीले साउदीतर्फबाट घटनाबारे कुनै नयाँ सूचना पाएका छैनौँ ।”

“टर्कीले यस घटनामा हार खाने छैन अन्तिमसम्म कानूनी लडाई जारी राख्ने छ ।”टर्कीका अनुसार उसले खशोज्जीको हत्या प्रकरणमा अनुसन्धान गर्न १५–सदस्यीय साउदी टोली इस्तानबुल गएको थियो । अनुसन्धानका लागि भनेर रियादले विभिन्न २१ जनालाई हिरासतमा लिएको छ ।

घटनाबारे चासो राख्ने राजनीतिक विश्लेषकहरूले घटनामा साउदी अरबका शक्तिशाली राजकुमार मोहम्मद विन सलमानको अप्रत्यक्ष सम्लग्नता रहेको जनाएका छन् भने साउदी अरबले यसको खण्डन गर्दै आएको छ ।

शनिबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इस्तानबुलमा आयोजित एक सम्मेलनमा भन्नुभयो, “घटनास्थलमा रेकर्ड भएको आवाज सुन्दा पत्रकार खशोज्जीको हत्यामा साउदी राजकुमारका निकटस्थहरूको सक्रिय भूमिका रहेको प्रष्ट हुन्छ ।”

यसअघि अमेरिकाले पनि यस हत्याकाण्डमा साउदी राजकुमार मोहम्मद बिन सलमान अल साउद मुख्य जिम्मेबार रहेको बताएको थियो । रासस/एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको