Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकले ल्यायो ८ प्रकारको “एनएमबि सहुलियतपूर्ण कर्जा” ती कर्जा के-के हुन ? (अर्थ संसार कभरेज)

सोमबार, ०२ पुस २०७५, १७ : ३६ मा प्रकाशित

एनएमबि बैंकले ल्यायो ८ प्रकारको “एनएमबि सहुलियतपूर्ण कर्जा” ती कर्जा के-के हुन ?   (अर्थ संसार कभरेज)

अर्थ संसार, काठमाडौं– फाइनान्सियल टाइम्स बेलायतबाट दोश्रो पटक “बैंक अफ द इयर” को सम्मान पाउन सफल एनएमबि बैंक लिमिटेडले ८ प्रकारको “एनएमबि सहुलियतपूर्ण कर्जा” संचालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकद्धारा जारी गरेको “सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५” अनुसार विपन्न वर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उद्यमका लागि सहुलियत प्रदान गर्ने उदेश्यले बैंकल  उक्त कार्यक्रम संचालनमा ल्याएको हो ।

जस अन्तर्गत सात प्रकारका कर्जाहरु विना धितो प्रदान गरिनेछ । साथै उक्त कर्जाहरु सहुलियतपूर्ण ब्याजदरमा बैंकले उपलब्ध गराउने छ । फलस्वरुप विपन्न वर्गका जनताको उद्यमशिलता तथा व्यवसाय विस्तार गरी दिगो आर्थिक बृद्धिमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

व्याज अनुदान अन्तर्गतका कर्जाहरु

  •   एनएमबि व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा - रु. १० लाख सम्म

  •   एनएमबि शिक्षित युवा स्वरोजगार कर्जा - रु. ७ लाख सम्म

  •    एनएमबि वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा – रु. १० लाख सम्म

  •   एनएमबि दलित समुदाय व्यवसाय विकास कर्जा– रु. १० लाख सम्म

  •   एनएमबि उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा – रु. ५ लाख सम्म

  •   एनएमबि भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा – रु. ३ लाख सम्म

  •   एनएमबि महिला उद्यमशीलता कर्जा - रु. १५ लाख सम्म

उपरोक्त कर्जाका अतिरिक्त कृषि पेशामा संलग्नमहिलाहरुलाई लक्षित गरी एनएमबि बैंकले बैंकिङ्ग क्षेत्रमानौलो “अग्रणी महिला कृषिकर्जा” पनि संचालनमा ल्याएको छ । जस अन्तर्गत उत्पादनलागतमाआधारित रहि १५ लाखसम्मको कर्जामहिला कृषकहरुले  प्राप्तगर्न सक्नेछन ।

सोमबार प्रेस सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भन्नु भयो —“एनएमबि बैंकले दिगो आर्थिक बृद्धि तथा मुल्य मान्यतामा आधारित बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोले, हरेक सेवा सुबिधा  उक्त उद्देश्य लक्षित हुने हाम्रो प्रयास रहेको छ ।

यसले अन्य बैंक भन्दा एनएमबि बैंकलाई फरक रुपमा प्रस्तुत गरेको छ । उपरोक्त कर्जाहरुले हाम्रा ग्राहकहरुको दिर्घकालिन आर्थिक उन्नतीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु”। 

5c17a41093e15.jpg 5c17a45d17fa1.jpg 5c17a4663d701.jpg 5c17a470cb014.jpg 5c17a5bfd6066.jpg 5c17a5da50820.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको