Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकका निक्षेपकर्तालाई १८ वटा गम्भिर रोगमा १० लाखको विमा

सोमबार, ०२ पुस २०७५, १९ : ४० मा प्रकाशित

एनएमबि बैंकका निक्षेपकर्तालाई १८ वटा गम्भिर रोगमा १० लाखको विमा

अर्थ संसार, काठमाडौं– एनएमबि बैंकले आफ्ना निक्षेपकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै १८ वटा गम्भिर रोगहरु, दुर्घटनाबाट मृत्यु पूर्ण अशक्त भएमा अधिकतम १० लाखसम्मकोे विमा सुविधा उपलब्ध गराउने  भएको छ ।बैंकले यस निक्षेप योजनामा सर्वाधिक ७% ब्याजउपलब्ध गराउनेछ ।

सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भन्नु भयो– ‘ अहिले बैकका ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखी यो योजना ल्याएका हौँ ।’ केसी थप्नुभयो–‘ग्राहकले कुनै पनि गम्भिर प्रकारको रोग लागेको थाहा हुनासाथ  डाक्डरको सिफारिसमा सुरुमै विमा रकम भुक्तानी गर्नेछौँ ।

यस्तो सुनौलो अवसरमा एनएमवि बैंकसँग सहकारी गरी आफ्नो भविश्यलाई सुरिक्षत गर्न सवै नयाँ तथा पुराना ग्राहकहरुलाई आह्वान गर्नुभयो । बैंकले विमाको लागि शिखर इन्स्योरेन्ससँग सहकार्य गरेको छ ।

यो पनि पढ्नुहोस्

एनएमबि बैंकले ल्यायो ८ प्रकारको “एनएमबि सहुलियतपूर्ण कर्जा” ती कर्जा के-के हुन ? (अर्थ संसार कभरेज)

5c17b1c38ab35.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको